
नारी बाटिका
काठमाडौं १२ कार्तिक ।
न्याय परिषद्ले आगामी मङ्सिर १६ मा हुन गैरहेको उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।
परिषद्ले ३१ जिल्लाका लागी मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो । यसैगरी नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा परिषद्ले जिल्ला अदालत काठमाडौँको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको छ ।
जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् । त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले निर्वाचन आयोगमा नाम सिफारिस गरेको छ ।








प्रतिक्रिया दिनुहोस