आज: २०८२ चैत्र १३, शुक्रबार | Fri, 27, Mar, 2026

आजबाट त्रिभुवन अन्तर्राष्टीय विमानस्थल दैनिक १० घण्टाका लागी वन्द

२०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२४६२ पटक पढिएको
नारी बाटिका


बिबियु

काठमाडौं २३ कार्तिक ।

सुक्रबारदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टाको लागी बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द गरिने भएको हो ।

साँगुरिएको विमानस्थलमा धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा पनि करिव ७।८ महिना लाग्ने भएकोले काम यसै महिनादेखी थालनी गरिने नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मी याममा काम गर्न असहज हुने भएको र, सो समयमा मनसुन पनि सक्रिय हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिए।

महानिर्देशक तथा इन्जिनियर अधिकारीका अनुसार रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको बताए । सो कामको योजना करिव ८ महिना अघि देखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस