
नारी बाटिका
काठमाडौं १२ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले न्यायलयप्रति अबहेलना गरेको भन्दै सो विरुद्ध रिट दायर भएको छ । सोही कसुरमा सर्वोच्च अदालतले अदालतको अवहेलनासम्बन्धी निवेदनबारे थप विवरण मगाउने आदेश दिएको छ ।
न्यायाधीशद्वय मनोजकुमार शर्मा र नृपध्वज निरौलाको संयुक्त इजलासले मंगलबार उक्त विवादमा अन्य विवरण समेत मगाउने आदेश दिएको हो । न्यायाधीश विनोद शर्माको इजलासले गत कात्तिक २७ गते रास्वपाका सभापति रवि लामिछानेमाथि सहकारीको रकम हिनामिना गरेको भन्ने प्रकरणमा प्रहरी हिरासतमा राख्नको लागी आदेश दिएको थियो ।
रवीमाथी लागेको सहकारी रकम हिनामिना प्रकरणको अनुसन्धान प्रक्रिया भइरहँदा अदालतका गतिविधिविरुद्ध आन्दोलन गरी अदालतको अवहेलना गरेको उल्लेख गर्दै अधिवक्ता अनुपम भट्टराईले निवेदन दायर गरेका थिए ।








प्रतिक्रिया दिनुहोस