काठमाडौं १६ मंसिर ।
अब उप्रान्त एक्लाएक्लै चुनाव लड्ने भनेर घोषणा गर्दै आएका सत्तारुढ कांग्रेस र नेकपा एमालेबिच फेरी गठवन्धन गरी आसन्न हुन गैरहेको उपनिर्वाचनमा जाने भएका छन् । यी दुबै दलले सार्वजनिक गरेका घोषणा ६ महिनापनि टिक्न सकेन ?
कांग्रेस र एमालेका शिर्ष नेताहरुले बोलेका बोलीमा अडिग रहनै सकेनन्। पार्टीका बलिया जग भनेकै स्थानीय तहका जनता तथा कार्यकर्ता हुन् र स्थानीय जनताले भोट नदिए कहाँबाट जितेर पालिका,प्रदेश र केन्द्रमा नेता हुन पुगिन्छर ? भन्ने नेताको मनमा पर्दैन ? किनकी पार्टी भन्दा पनि आफु जित्न पाए पुगिहाल्योनी ? भन्ने कार्यकर्ताको गुनासोलाई बिचार नगर्दा फेरी काग्रेसप्रति रुचि राख्नेले आफ्नो मन पर्ने चुनाव चिन्ह्र रुखमा भोट नहालेर पहिले हैँसा हतौडामा ? यो उपनिर्वाचनमा सुर्यमा भोट दिनु पर्ने बनाएका छन् ।
आफैले गरेको विचारलाई लत्याउँदै उनीहरूले स्थानीय तह उपनिर्वाचनमा केही पदमा ‘तालमेल’ गरेका छन्। कांग्रेस र एमालेले दुई जिल्ला समन्वय समिति, एक पालिका उपाध्यक्ष र दुई वडाध्यक्ष गरी पाँच पदमा एक अर्कालाई सघाउने सहमति गरेका छन्। यो गठवन्धन रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्ष र सोही पालिकाको वडा नम्बर २ मा कांग्रेसले उम्मेदवार खडा गरेको छैन । सो स्थानमा नेकपा एमालेलाई सघाउने सहमती भएको हो।
त्यस पालिकामा उपाध्यक्षका उम्मेदवार एमालेकै भए पनि उम्मेद्वारले कांग्रेसको चुनाव चिह्न लिएकी छन्। उपाध्यक्ष पदमा कांग्रेसले उम्मेदवार नउठाउने दुई दलको सहमति अनुसार कांग्रेसको निर्वाचन चिह्न र एमालेको उम्मेदवार उठाइएको हो। यस पालिकाको २ नम्बर वडाध्यक्षमा एमालेका उम्मेदवार एमालेकै चुनाव चिह्न ‘सूर्य’बाट चुनाव लड्दै छन्। वडाध्यक्षमा पनि कांग्रेसले आफ्नो उम्मेदवार नउठाएर एमालेलाई सहयोग गर्ने नीति लिएको छ।
यो पालिकाको उपाध्यक्ष पदमा एमालेले जिल्ला उपसचिव केशकुमारी तुलाचनलाई उम्मेदवार बनाएर रूख चिह्नबाट चुनाव लडाएको हो। २ वडा नम्बर वडाध्यक्ष पदमा एमालेका जीवन रोका उम्मेदवार बनेका छन्। उनी भने सूर्य चिह्नबाटै चुनाव लड्दै छन्। यो पालिकाकी उपाध्यक्ष बुढाको निधनपछि हुन लागेको उपनिर्वाचनमा कांग्रेस–एमालेले तालमेल गरेका हुन्।
यसैगरी रुकुम पश्चिमको सानोभेरीमा पनि कांग्रेस–एमाले मिलेका छन्। सानोभेरी गाउँपालिका(५ को अध्यक्षमा कांग्रेसका मोतीराम खत्रीलाई सघाउने गरी एमालेले उम्मेदवारी दिएको छैन। सानोभेरीको गत आवधिक निर्वाचनमा पनि कांग्रेस एमालेबीच तालमेल भएको थियो। कांग्रेसले अध्यक्ष र एमालेले उपाध्यक्षमा उम्मेदवार उठाएका थिए तर दुबै पदमा माओवादी विजयी भएको थियो।
कांग्रेस र एमालेबीच जिल्ला समन्वय समिति ओखलढुंगा र कैलालीमा पनि चुनावी तालमेल भएको छ। यी दुबै जिल्लामा एमालेले उम्मेदवारी नदिएपछि कांग्रेसबाट जिसस प्रमुख सर्वसम्मत भइसकेका छन्। एक्लै निर्वाचन लड्ने घोषणा गर्दै आए पनि हालको अवस्थाले तालमेल गर्नुपर्ने स्थिति आएको कांग्रेस–एमाले नेताहरू बताउँछन् ।
‘
प्रतिक्रिया दिनुहोस