
नारी बाटिका
काठमाडौँ २९ पुस ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ५ अध्यादेशमध्ये ४ वटा अध्यादेश मात्रै जारी गरेका छन् । आज सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश भएका ५ अध्यादेशमध्य ४ वटा अध्यादेश जारी गरी १ अध्यादेश भने रोक्नु भएको हो ।
राष्ट्रपति पौडेलले सोमवार मन्त्रिपरिषद्बाट सिफारिस भई आएका चार अध्यादेश संविधानको धारा ११४ को उपधारा १ बमोजिम जारी गर्नु भएको छ। एकैपटक ४ अध्यादेश जारी गर्दै उहाँले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, मा हस्ताक्षर गर्नु भएको छ ।
यसैगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी गर्नु भएको हो ।









प्रतिक्रिया दिनुहोस