आज:  | Wed, 30, Apr, 2025

स्याङ्जामा स्कारपिओ दुर्घटना हुँदा पाँच जना घाइते

२२ माघ २०८१, मंगलवार १३:०८ मा प्रकाशित ( २ महिना अघि) ४२१७ पटक पढिएको
नारी बाटिका


स्याङ्जा- २२ माघ।

स्याङ्जामा स्कारपियो दुर्घटनामा परी पाँच जना घाइते भएका छन्। मंगलबार बिहान ८ बजे वालिङ नगरपालिका १४ तमादीस्थित वालिङका पर्वत कच्ची सडकमा स्कारपियो गाडी दुर्घटना भएको हो।

आज सिरबानी तर्फ जाँदै गरेको ग१च ८९१३ नम्बरको स्कारपियो सडकबाट लगभग चार मिटर तल खसेको थियो। उक्त दुर्घटनामा परी वालिङ नगरपालिका-१४ का ६३ वर्षीय उमापति डुम्रे, ५२ वर्षीय भीमप्रसाद डुम्रे, ७८ वर्षीय कोषकान्त डुम्रे रहेका छन् ।

त्यसेगरी घाईते हुनेमा पर्वत पैंयु गाउँपालिका(६ की ३३ वर्षीया कुमाकला तिवारी र उनका ११ वर्षीय छोरा कमल तिवारी घाइते भएका हुन्। अहिले घाइतेहरूको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भइरहेको छ।

साथै दुर्घटना ग्रस्त स्कारपियोमा सवार रहेका आठ मध्ये तीन जना सकुशल रहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस