
नारी बाटिका
रौतहट २३ माग ।
बाग्मती नदीमा सरस्वती मूर्ति विसर्जन गर्न गएका एक युवकको सोही नदीमा डुबेर मृत्यु भएको छ । रौतहटको राजदेवी नगरपालिका(६ मा पर्ने बाग्मती नदीमा सरस्वती पूजाको दिन पुजा गरिएको मूर्ति विर्सजन गर्ने क्रममा राजदेवी(७ मुडवलवाका २२ वर्षीय सुरज यादवको डुबेर बेपता भएको हो ।
मूर्ति सेलाउन नदीमा गएका यादव डुबेर बेपता भएपछी मंगलबारदेखि नै सुरक्षाकर्मी र स्थानीयले खोजी गरेका थिए । यादवको खोजी गर्ने क्रममा आज बिहान उनी डुबेकै स्थानमा उनको शव फेला परेको रौतहट जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक यादवको शवलाई पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको रौतहट प्रहरीले जानकारी दिएको छ ।








प्रतिक्रिया दिनुहोस