
नारी बाटिका
काठमाडौं २२ फागुन ।
हाल पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका पहाडी भागमा आंशिक बदली भैइरहेको छ। आज तराईका केही स्थानमा सामान्य हुस्सु लागिरहेको छ। बाँकी भु भागमा भने मौसम सफा छ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार बिहिबार दिउँसो पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने बताएको छ। आज राति पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा पनि मौसम सफा रहनेछ ।
महाशाखाका अनुसार आज कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। यसैगरी आगामी २४ घण्टामा कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ।








प्रतिक्रिया दिनुहोस