आज: २०८३ भाद्र ८, सोमबार | Mon, 24, Aug, 2026

सरकारले कुलमानलाई हटाएको निर्णय आज सार्वजनिक गर्यो

२०८१ चैत्र १२, मंगलबार मा प्रकाशित ( १ साल अघि) १०२६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १२ चैत ।

सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको निर्णय आज सार्वजनिक गरेको छ।

आज पत्रकार सम्मेलन गरी नेपाल सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयलाई सार्वजनिक गर्दै घिसिङलाई हटाइएको जानकारी दिएका हुन्।

तर मन्त्री गुरुङले सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकपछि जानकारीका क्रममा यो निर्णय लुकाएका थिए। उक्त बैठकबाटै घिसिङको ठाउँमा हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय भैइसकेको मन्त्री गुरुङले बताएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस