
नारी बाटिका
विराटनगर २२ चैत ।
नेपाली कांग्रेसका नेता तथा केन्द्रीय सदस्य डा शेखर कोइरालाले संविधानभित्र रहेर शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार सबैलाई भएको बताउनु भएको छ ।
मोरङको बूढीगङ्गा गाउँपालिका–१ मा निर्माण हुन लागेको ‘बूढीगङ्गा पार्क’को बिहिबार शिलान्यास गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नु भयो “ समस्या समाधानका नाममा गरिने कुनै पनि प्रकारको हिंसा आतङ्क, तोडफोड, आगजनी स्वीकार्य नहुने धारणा व्यत्त गर्नु भयो।
डा कोइरालाले काठमाडौँमा यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको घटनाका निष्पक्ष छानबिन गर्न समिति गठन गर्न सरकारलाई पनि सुझाव राख्नु भएको छ । उहाँले लोकतान्त्रिक सङ्घीय गणतन्त्रलाई बलियो र दिगो बनाउन राजनीतिक दलहरुभित्र सुधार हुनु आवश्यक रहेको विचार व्यत्त गर्नु भयो।
डा. कोइरालाले भन्नु भयो, “दुई ठूला दल कांग्रेस र नेकपा एमाले मिलेर बनेको वर्तमान सरकारले संविधान संशोधन, आर्थिक विकास, सुशासन तथा रोजगारी सिर्जना गर्नतर्फ संवेदनशील हुनु जरुरी छ।” सिङ्गिया खोलाको किनारको ४ बिघामा २१ करोड रुपैयाँ लागतमा पार्क निर्माण गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष मगरले जानकारी दिए।








प्रतिक्रिया दिनुहोस