
नारी बाटिका
इनरुवा- २ वैशाख ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–२ स्थित रासीमा सोमबार साँझ गोली प्रहार हुँदा दुई घाइते भएका छन् भने एकजनाको अवस्था ‘गम्भीर रहेको छ। घाइते हुनेमा देवानगञ्ज–२ का २४ वर्षीय रवीन्द्र यादव र पालिका १ का शिवुकुमार मेहता रहेको प्रहरीले जनाएको छ ।
हिजो साँझको समयमा अपरिचित व्यक्तिको गोली लागेर घाइते भएका यादवको अवस्था सामान्य छ । अहिलो उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अर्का घाइते मेहताको अवस्था गम्भीर भएकाले विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दिनेश अधिकारीले बताए ।
सो क्षेत्रमा तस्करी गर्ने समुहसँग सम्बन्धित गिरोहबीचको विवादकै कारण गोली चलेको र गोली प्रहारमा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस