
बुटवल- ६ वैशाख ।
बुटवलको बुद्धनगरमा एक युवतीमाथि गोली प्रहार भएको छ ।
आज बिहान करिब साढे ९ बजेतिर बुटवल उपमहानगर ११ बुद्धनगरमा २९ वर्षीय टिका बिष्टमाथि गोली प्रहार भएको हो ।
युवतीको कम्मरमाथि गोली लागेको छ । गोली प्रहारबाट विष्टको अवस्था गम्भीर रहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिनु भयो । घाईते विष्टको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको बताइएको ।
गोली लागी घाईते भएकी उनी पाल्पा रैनादेवी छहरा घर भएकी विष्ट हाल बुटवल ११ बुद्ध नगर बस्रदै आएकी थिइन् । गोली किन र कसले हानेको भन्ने बारेमा खुली सकेको छैन । घटना बारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।












प्रतिक्रिया दिनुहोस