
नारी बाटिका
काठमाडौं १४ वैशाख।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर आरोप लगाउनेलाई त्यो कुराको प्रमाणित गर्न चुनौती दिनु भएको छ ।
केही दिनअघि काङ्ग्रेस महामन्त्री गगन थापाले प्रधानमन्त्रीको बेडरूमसम्मै बिचौलियाको पहुँच भएको भनेर दिनु भएको अभिव्यक्तीलाई लक्षित गर्दै प्रधानमन्त्री वलीले यस्तो चुनौती दिनु भएको छ।
प्रधानमन्त्री ओलीले आईतबार मदन भण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नु हुदै राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीहरुले लाजशरम पचाएर यस्ता आरोपहरु लगाउने गरेको बता ।उनु भयो ।
देशमा एमाले र नेपाली काङ्ग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उहाँले स्थिरता, विकास र सुशासनले गति लिन थालेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको आरोप पनि लगाउनु भयो ।
“झुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँ, हामीले कुनै अपराध गरिरहेका छौँ’’,उहाँको भनाइ थियो “आजकाल निलो रङ्गका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन ।
उहाँले एमालेले आफूूलाई आगामी निर्वाचन मार्फत निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुन्छौँ ।’’
काङ्ग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्डबाट फर्केपछि सरकार ढल्छ भनेर भ्रम फैलाउनेहरुको टाउकामा अहिले चिसो पानी खन्याइएको महसुस भएको टिप्पणी पनि गर्नु भयो।
यसैगरी नेकपा एमाले पार्टीभित्रको राजनीतिका हकमा पनि धेरै आलोचनात्मक चेतमा जोड दिन नपर्ने उल्लेख गर्दै उहाँले विश्लेषणत्मक चेत राख्न सुझाव छ । “पार्टीभित्र एकताको चेत चाहिन्छ । विरोधीको आरोपको खण्डन गर्नुपर्छ । विरोधीसँग लड्न नसक्ने अनि पार्टीभित्र आलोचनात्मक चेत बोक्ने बाटो सही बाटो होइन,’’ प्रधामन्त्री वलीको भनाई थियो।







प्रतिक्रिया दिनुहोस