आज: २०८२ माघ ७, बुधबार | Wed, 21, Jan, 2026

सरकार र शिक्षक महासंघबीच गएराति भएको वार्ता निष्कर्ष नजिक

२०८२ बैशाख १६, मंगलबार मा प्रकाशित ( ८ महिना अघि) १०५४१ पटक पढिएको
नारी बाटिका


धेरै कुरा टुंग्याउन बाँकी छ : महासंघ

काठमाडौं १६ वैशाख।

विगत २७ दिनदेखी आन्दोलनरत शिक्षक महासंग र सरकारबिच रातिको वार्ता निष्कर्षको नजिक पुगेको शिक्षामन्त्री रघुजित पन्तले बताएका छन् । गएराति अबेरसम्म भएको वार्तामा धेरै विषयमा छलफल भई सहमतिनजिक पुगेको शिक्षामन्त्र पन्तले बताएका हुन् ।

यससंगै सरकारले आन्दोलनरत शिक्षक महासंघसँगको वार्ता निष्कर्ष नजिक पुगेको दाबी गरेको हो। सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको उक्त वार्तामा केही तयारी गर्नुपर्ने काकार्य बाँकी रहेकाले सहमति पत्रमा हस्ताक्षर भने हुन बाँकी सरकारले जनाएको छ।

सरकारको तर्फबाट वार्ताको नेतृत्व गर्न शिक्षामन्त्री रघुजी पन्तले गरेका र आन्दोलनरत शिक्षकको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेका थिए। वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक पक्षम अगाडि बढेको प्रतिक्रिया दिएका छन््। ‘केही विषय टुङ्गो लगाउन बाँकी छ। वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ’, उनको भनाई छ।

शिक्षामन्त्री पन्तका अनुसार महासंघसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने जानकारी दिए। महासंघका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको बताए। छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन स्थगित गर्ने सुवेदीको भनाई छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो। मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने बताएका थिए।

गएको चैत २० गतेदेखी विद्यालयका सम्पुर्ण गतिविधि नै ठप्प पारी शिक्षा ऐनलगायतको माग राखी शिक्षकले राजधानी काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस