आज:  | Wed, 14, May, 2025

आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस्स् कमल थापा

१ जेष्ठ २०८२, बुधबार ०६:५२ मा प्रकाशित ( १६ घण्टा अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ वैशाख ।

राप्रपा नेपालले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन सुरु गर्ने भएको छ । राप्रपाको नेतृत्वमा हुनु लागेको आन्दोलन शान्तिपूर्ण हुने अध्यक्ष कमल थापाले बताएका छन् आन्दोलनको विषयमा जानकारी दिेन मंगलबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको बताए ।

हाल भइरहेको तिन तहका संघीय सरकारले ब्रम्हलुट र मनपरितन्त्रलाई निरन्तरता दिनको लागि हाम्रो आन्दोलनलाई गलत ढंगले दुष्प्रचार गर्न खोजिएको भन्दै उनले आपत्ती समेत प्रकट गरेका हुन् ।

” आन्दोलन शान्तिपूर्ण हुन्छ। हामी भ्रष्टाचार , कुशासन , बेरोजगारी , योजनाबद्ध भइरहेको धर्मपरिबर्तनको विरुद्धमा छौ, हामी देशको समृद्धि र प्रगति चाहन्छौँ , राष्ट्रियता बलियो बनाउन चाहन्छौ, प्रजातन्त्र सुदृढ हुनुपर्छ भन्ने हाम्रो मान्यता हो, पछिल्लो समय केही भ्रम सिर्जना गराउन खोजिदैछ, त्यो चिर्दै अघि बढ्छौ” थापाले भनाइ थियो ।

उनले, “सरकार हाम्रो जायज माग र आन्दोलन प्रती गम्भीर बनोस् भन्ने हाम्रो चाहना छ , दमन गर्न तर्फ अग्रसर भए जनताको अधिकार र भावनालाई कुन्ठित गर्ने दुष्प्रयास गरे स्वभाबिक रुपमा असजिलो परिस्थिति निर्माण हुन्छ” ।

पार्टीले गर्न लागिएको जेठ १५ देखीको आन्दोलनको तयारीमा जुट्न र बढी भन्दा बढी जनसहभागिता गराउन उपत्यका भरी जनजागरण अभियानमा कृयाशिल हुन कार्यकर्ता पङ्क्तिलाई निर्देशन दिँदै सो कुरा बताएका हुन् ।

अध्यक्ष थापाले यो देश बचाउने र बनाउने आन्दोलन भएकोले सबैको सहभागी जरुरी भएको उनको भनाई छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तित्वहरुलाई थापाले पार्टीमा स्वागतका साथ प्रवेश गराएका थिए ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस