आज:  | Thu, 15, May, 2025

को को नियुक्त भए त सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारीहरु ? पुरा नामावली

२ जेष्ठ २०८२, बिहीबार ०६:५३ मा प्रकाशित ( १७ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १ जेठ ।

सरकारले लामो समयदेखि रिक्त रहेको सङ्क्रमणकालीन न्याय सम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम टुँगो लगाएको छ।

मन्त्रिपरिषद्को वुधबार साँझ बसेको बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन समितिमा पाँच–पाँच सदस्य नियुक्त गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

संन्चार मन्त्री गुरुङका अनुसार, सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा पूर्व मुख्य सचिव लिलादेवी गड्तौला नियुक्त भएका छन्। आयोगमा नियुक्त भएका पदाधिकारीको तलब भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुने र उनीहरुको कार्यकाल चार वर्षको हुनेछ।

को को छन् त सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्यहरू ?

१. महेश थापा, अध्यक्ष
२. अच्युत प्रसाद भण्डारी, सदस्य
३. टिका प्रसाद ढकाल, सदस्य
४. पदम बहादुर शाही, सदस्य
५. कुमारी कौशल्य ओझा, सदस्य

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका सदस्यहरू

१. लिलादेवी गड्तौला, अध्यक्ष
२. गोपालनाथ योगी, सदस्य
३. अग्निप्रसाद थपलिया, सदस्य
४. सिर्जना पोखरेल, सदस्य
५. विनिता नेपाली, सदस्य

तर, यसअघि पनि द्वन्द्वपीडितहरूले पदाधिकारी छनोट प्रक्रियामा असन्तुष्टि व्यक्त गरेका थिए। यसरी भागबन्डामा पदाधिकारी छनौट गरिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको भन्दै पदाधिकारी छनौटप्रति असहमति जनाएका थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस