
रसुवा- ४ जेठ ।
सुन तस्कररहरुले प्रयोग गर्ने अर्को चोर बाटो रसुवागढी नाकाबाट साढे सात केजी सुन प्रहरीले वरामत गरेको छ ।
आईतबार गोसाईकुण्ड गाउँपालिका वडा नम्बर ५ स्याफ्रुवेसिका किशोर भुजेलले चलाएको बा ४ ख नम्बरको कन्टेनरमा स्याउ वोकेर काठमाडौ तर्फ जाँदै गरेको अवस्थामा शंका लागेर प्रहरीले चेकजाँच गर्ने क्रममा अन्दाजी साढे सात केजी सुन बरामत गरिएको हो।
तर सुन हो कि पहेँलो धातु हो भनेर जाँच गर्ने र एकमुष्ट कति केजी हो भनेर यकिन गर्न तौलिने काम भइरहेको र यस विषयमा थप अनुसन्धान गर्न राजस्व विभागमा पटाइने जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख हेम वहादुर शाहीले जानकारी दिनु भयो।












प्रतिक्रिया दिनुहोस