आज:  | Thu, 03, Jul, 2025

चर्चित विद्यालयलाई पछी पार्दै धादिङको नेत्रावती डबजोङ गाउँपालिका SEE मा जिल्ला प्रथम

१८ असार २०८२, बुधबार ०७:२२ मा प्रकाशित ( १ दिन अघि) ३०३९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धादिङ- १८ असार ।

जिल्ला कै चर्चित विद्यालय निलकण्ठ बालमन्दिर माविलाई पछी पार्दै २०८१ सालको माध्यमिक शिक्षा परीक्षा SEEमा धादिङको नेत्रावती डबजोङ गाउँपालिका जिल्ला प्रथम भएको छ।

शिक्षा बिकास तथा समन्वय इकाइ धादिङले आइतबार एक सूचना जारी गर्दै २०८१ को एसई परीक्षामा सहभागी भएका जिल्लाका १३ स्थानीय तहका मध्ये ९१.६७ प्रतिशत यस जिल्ला कै प्रथम भएको जानकारी दिएको हो ।

त्यसैगरी दोस्रो स्थान ओगट्न सफल भएको गङाजमुना गाउँपालिकाले ८३.६२ प्रतिशत ,तेस्रो स्थानमा ज्वालामुखी गाउँपालिकाले ८१.९८ प्रतिशत त्रिपुरासुन्दरी गाउँपालिकाले ७१.९७ प्रतिशत ल्याउन सफल भएको छ ।

धादिङ जिल्लाको ३ वटा स्थानीय तहमध्ये सबै भन्दा कम १७.१६ प्रतिशत मात्र रुबिभ्याली गाउँपालिकाले ल्याएको छ ।यसअघिका वर्षहरूका तुलनामा यस
पटकको नतिजा सन्तोष जनक रहेको नेत्रावती डबजोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हारेराम शाहले बताएका छन् ।

नेत्रावती डबजोङ गाउँपालिकामा संन्चालित ५ वटा मा.बि.ले यसबर्षमा निम्न अनुसारको नतिजा ल्याउन सफल भएको छ ।
निरञ्जना मावि वडा नम्बर १ – ९७.७३ प्रतिशत

चौतारा मावि वडा नम्बर ३ – ९४.७३ प्रतिशत

महेन्द्र वराही मावि वडा नम्बर ५ – ९१.४९ प्रतिशत

कुण्डलादेवी मावि वडा नम्बर ४ – ८९.२९ प्रतिशत

मंगलादेवी मावि वडा नम्बर १ – ८४.२१ प्रतिशत

उतिर्ण सबै विद्यालय र विद्यार्थीलाई बधाई शुभकामना दिदै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने लक्ष्य सहित अघि बढिरहेको गाउँपालिकाले आगामी बर्ष थप सुधारको लागि आवश्यक तयारीमा लाग्ने प्रमुख प्रशासकीय अधिकृत को भनाइ छ ।

तर जिल्लामा पहिलो नगरपालिकाको रुपमा जिल्ला सदरमुकाम मै सुविधायुक्त विद्यालयको सम्रचना,शिक्षक,विद्यार्थी संख्यामा प्रयाप्त रहेको धादिङको निलकण्ठ बालमन्दिर माविले भने ५५. प्रतिशत मात्रै ल्याएको छ । जसमा ३२० जना बालबालिकाहरुले परिक्षा दिएकोमा १७५ जना मात्रै उतिर्ण भएका हुन् ।

पछिल्लो समयमा कमजोर विद्ययालय व्यवस्थापन र राजनितिक खिचातानीको कारण २०८१ को SEE परिक्षा फलपनि सन्तोषजनक नरहेको बालबालिकाका अभिभावकहरु बताउँछन् ।

शिक्षा बिकास तथा समन्वय इकाइ धादिङको तथ्यांक अनुसार जिल्लाबाट यो बर्ष साधारण धार तर्फ ४ हजार ३ सय ४७ प्राबिधिक धार तर्फ १ सय ६८ परीक्षामा सहभागी हुँदा साधारण धार तर्फ २ हजार ७ सय ३० र प्राबिधिक धार तर्फ १ सय ५३ उतीर्ण भएको छ ।

जसमध्ये ८ जनाले जीपीए ४ ल्याउन सफल भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस