आज:  | Fri, 04, Jul, 2025

नगरपालिकाद्वारा एसईईमा सर्वोउत्कयष्ट नतिजा हाँशिल गर्नेलाई पुरस्कार तथा सम्मान

२० असार २०८२, शुक्रबार ०८:०९ मा प्रकाशित ( ११ घण्टा अघि) १९२३ पटक पढिएको
नारी बाटिका



नारी वाटिका संवाददाता

धादिङ -२० असार ।

धादिङको नीलकण्ठ नगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ४ जिपिए ल्याई सर्वोउत्कयष्ट नतिजा हाँशिल गर्ने विद्यालय र विद्यार्थीलाई पुरस्कार तथा सम्मान गरेको छ ।

नगरपालिका भित्रका माध्यमिक शिक्षा परीक्षा २०८१ को एसईईको नतिजामा ४ जीपीए सहित उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी र सम्वन्धित नगरपालिका भित्रका विद्यालयहरुमध्ये सर्वोत्कृष्ट विद्यालय प्रकाश मावि, लामागुरु महादेव मावि, महेन्द्र मावि र भैरवी माविलाई ४।४ लाख रुपैयाँ नगदसहित सम्मान गरिएको हो ।


निलकण्ठ नगरपालिका अन्तर्रगतको शिक्षा शाखाले बिहिबार आयोजना गरिएको कार्यक्रममा उल्लेखित सामुदायिक विद्यालयहरुले परिक्षामा सामेल भएका आफ्ना सबै विद्यार्थीले सत्प्रतिशत उतिर्ण गरी राम्रो गरेकोमा नगद पुरस्कार रु,चाल लाख रुपयाँसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

नगर भित्रका नीजि तथा सामुदायिक विद्यालयबाट एसईईमा ४ जिपिए ल्याउने पाँच जना विद्यार्थीलाई जनही ५० हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ।

यसरी नगद पुरस्कारसहित सम्मान हुने बालबालिकाहरुमा नीलकण्ठ बालमन्दिर माविकी सन्ध्या तिमिल्सिना ,सुनौलो भैरवी माविकी प्रशंसा श्रेष्ठ छन् ।

साथै निजि विद्यालय चिल्ड्रेनपार्क आवासीय माविकी प्रिसिला तामाङ र न्यु किबो बोर्डिङ स्कुलका समिर भण्डारी र आयुष भण्डारीलाई बधाईको साथमा पुरस्कार प्रदान गरिएको हो ।

नगर प्रमुख भिमप्रशाद ढुंगानाको प्रमुख आतिथ्यथा तथा उप प्रमुख दिपक विश्वकर्माको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रममा विद्यालयको शैक्षिक सुधारका लागि कुशल व्यवस्थापन समिति र स्पष्ट भिजन बोकेका प्राचार्य, विद्यार्थी र अभिभावकको सक्रियतामा विद्यालयको विकासमा कयापलट गर्न सकिन्छ भन्ने उदाहरण पुरस्कृत विद्यालयले दिएकाले विद्यालयको थप शैक्षिक सफलताको शुभकामना मेयर ढुंगानाले दिनु भयो ।

मेयर ढूंगानाले एसईईमा उर्तिण विद्यार्थीहरुले आफ्नो योग्यता र क्षमता अनुसार विषय छनोट गरेर शैक्षिक यात्रा अगाडि बढाउन सुझाव दिदैँ सफल शैक्षिक भविष्यको शुभकामना दिनु भयो ।

सम्मान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुशोम सुवेदी,शिक्षकहरु,जिल्लामा क्रियाशिल पत्रकारहरु,अभिभावकहरुको उपस्थिति रहेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस