आज: २०८२ भाद्र ४, बुधबार | Wed, 20, Aug, 2025

कक्षा १२ को नतिजा सार्वजनिक ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८२ श्रावण २०, मंगलबार मा प्रकाशित ( २ हफ्ता अघि) २२३३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता
काठमाडौँ- २० साउन ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शोमबार बेलुकी सार्वजनिक गरेको छ । हिजो बोर्डको बैठक बसेपछि नतिजा सार्वजनिक गरिएको हो । सार्वजनिक नतिजा अनुसार गत वर्षको तुलनामा यस पटक कक्षा १२ मा ६१.१७ प्रतिशत विधार्थी उत्तीर्ण भएका हुन् ।

त्यस्तै ३८.८३ विद्यार्थीहरु ननग्रेडमा परेका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गत वैशाख २१ गतेदेखि सुरु भएको कक्षा १२ को परीक्षामा पाँच लाख ११ हजार ५२५ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

यस्तै परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिक तर्फ एक लाख १५ हजार ६१७ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस