
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -६ भदौ ।
नारी विकास बचत तथा ऋण सहकारी संस्थाको भोली भदौ ७ गते शनिबारका दिन १९ औं साधारण सभा तथा वार्षिक उत्सव हुने भएको छ ।
सहकारीले सहकारीको सिद्धान्त र निति अनुसार आफ्रनो वर्षपरी सम्पन्न गरेको कार्य समिक्षा आफ्ना सदस्य र समुहहरुकाबिचमा सम्पन्न गरी भावी रणनितिसमेत तय गरी कार्य प्रगतिलाई बढावा दिन समयमै कार्यक्रमको आयोजना गरिएको हो ,
सहकारीले १९ औं वार्षिक साधारण सभाको साथै नेपाली नारीहरुको हौशल्लाको पर्व तिजको शुभकामना आदान प्रदान कार्यक्रमको पनि आयोजना गरेको छ । निलकण्ठ नगरपालिकाका मेयर एव्ं नेपाल नगरपालिका महासंघका अध्यक्ष भिम प्रशाद ढुंगानाको प्रमुख आतिथ्यमा कार्यक्रम हुंदैछ ।
सहकारीको १९ औं वार्षिक साधारण सभा तथा तिजको शुभकामना कार्यक्रमको आयोजना गरिएको सहकारी संस्थाले जानकारी दिएको छ । सहकारीले आफ्नो १९ औं वाषिक उत्सवको अवसरमा सहकारीका पुराना तथा असल अभ्यासमा लागेका विभिन्न विदामा समुह समुहका सदस्य तथा महिलाहरुलाई सम्मान तथा पुरस्कृत गर्दैछ ।
कार्यक्रममा सस्थामा आवद्ध करिव २ हजार महिला सदस्यहरु,महिला समुहहरु,जेष्ठ नागरिकहरु,सहकारीका विभिन्न समितिका पदाधिकारीहरु,कर्मचारीहरु लगायतका सरकारी तथा गैह्र सरकारी संस्थाका सरोकारवालाहरुको सहभागिता रहने संस्थाले जनाएको छ ।
कार्यक्रम निलकण्ठ नगरपालिकाको धादिङवेशी बिचबजार स्थित विपि स्मृती भवनमा विहानको ९ बजेबाट सुरु भई दिनको २ बजेसम्म सम्पन्न हुने गरी समय निर्धारण गरिएको छ ।








प्रतिक्रिया दिनुहोस