
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ १७ भदौ
संघीय सरकारले ल्याउन लागेको प्रस्तावित शिक्षा ऐनलाई विभेदकारी भएको भन्दै धादिङका निजी विद्यालयहरूले सडक आन्दोलन चर्काएका छन् । विरोध कार्यक्रममा क्रममा शोमबार धादिङबेसीमा स्कुल बस सहितको सडक प्रदर्शन गरेका हुन् ।
प्याब्सन, एनप्याब्सन, हिसान र अपेनको संयुक्त आह्वानमा धादिङवेशीमा भएको सडक आन्दोलनमा दर्जनौँ निजी विद्यालयहरूले सहभागी भएका थिए । शोमबारको विरोध कार्यक्रममा धादिङ जिल्लामा संन्चालित २० भन्दा बढी निजी विद्यालयसहित स्कुल बसको पनि प्रद्धशन गरिएको थियो ।
सरकारले संघीय शिक्षा ऐनमार्फत निजी विद्यालयलाई जबर्जस्ती बन्द गर्ने जाल रचिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । निजी विद्यालयहरूलाई निषेध गर्ने गरी ल्याइएका प्रावधान न्यायसंगत नभएको प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टले बताएका छन् ।
निजि विद्यालयले पूर्ण छात्रवृत्ति प्रावधान खारेज गर्नुपर्ने, विद्यालय बाहिरका सामग्री (पोशाक, स्टेशनरी, खाना–खाजा) उपलब्ध गराउने अनिवार्य व्यवस्था हटाउनु पर्ने र कम्पनी ऐन अन्तर्गत दर्ता भएका विद्यालयलाई गैरनाफामूलक बनाउन खोजिएको प्रावधान संशोधन गर्नुपर्ने उनीहरुको माग छ ।








प्रतिक्रिया दिनुहोस