आज: २०८२ कार्तिक १३, बिहिबार | Thu, 30, Oct, 2025

त्रिपक्षीय बैठकमा प्रधानमन्त्री कार्की र एमालेका प्रवत्ताबिच चर्काचकी

२०८२ कार्तिक १३, बिहिबार मा प्रकाशित ( १२ घण्टा अघि) ९९३ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१३ कार्तिक ।
सरकारले वुधबार बोलाएको त्रिपक्षीय बैठकमा एमाले प्रतिनिधि बर्तौलासँग प्रधानमन्त्री सुशीला कार्कीवीच चर्काचर्की भएको छ
प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकार, राजनीतिक दल र जेन जी प्रतिनिधिहरुवीचको बैठकमा एमालेका प्रतिनिधि महेश बर्तौलासँग सवालजवाफको क्रममा चर्काचर्की भएको हो ।

बैठकमा सहभागी एक स्रोतका अनुसार प्रतिनिधिसभा पुनस्थापनाको सन्दर्भमा सवाल जवाफ भएको थियो । एमाले प्रतिनिधि बर्तौलाले सरकारको जग नै असंवैधानिधक भएको र त्यसरी गठन भएको सरकारले अराजनीतिक र गलत तरिकाले संसद भंग गरेको बताएका थिए ।

सोही क्रममा बर्तौलाले निःसर्त प्रतिनिधिसभा पुनस्थापना हुनुपर्ने तर्क राखेका थिए । उनले एमालेको बटमलाइन नै प्रतिनिधिसभा पुनःस्थापना भएको सुनाएका थिए ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीको सन्देशको रुपमा बर्तौलाले पुनःस्थापना एमालेको बटमलाइन भन्दै चुनावको विपक्षमा उभिएका थिए । सोही सवालमा बर्तौलालले प्रधानमन्त्री कार्कीतर्फ संकेत गर्दै हालको सम्माननीय प्रधानमन्त्री सर्वोच्चमा हुँदा संसद् विघटनको मुद्दा हेर्नु भएको थियो भन्न थालेका थिए।

बर्तौलाले उठाएका सोही सवालमा प्रधानमन्त्री कार्कीले प्रतिवाद गर्दा ‘यस्तो नचाहिंदो कुरा नगर्नुस् तपाईं, मैँले संसद विघटनको मुद्दा हेरेको छैन’ भन्दै आक्रोशित हुनु भएको थियो। उहाँले बर्तौलालाई नभएको कुरामा भ्रम सिर्जना नगर्न आग्रह पनि गर्नु भयो ।

प्रधानमन्त्री कार्कीले वीचमै प्रतिवाद गरेपछि बर्तौलाले मुद्दा नहेरे पनि संसद पुनःस्थापना हुनुपर्छ भनेर सार्वजनिक रुपमा बोल्नु भएको त छ नि भन्दै जवाफ फर्काएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस