आज: २०८२ कार्तिक २८, शुक्रबार | Fri, 14, Nov, 2025

सन्तोष परियारले पनि यस्तो पत्र पठाउँदै रास्वपाबाट बाहिरिए

२०८२ कार्तिक २८, शुक्रबार मा प्रकाशित ( ३ घण्टा अघि) १२७२ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -२८ कार्तिक।
राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य सन्तोष परियारले एक पत्र पठाएर रास्वपा पार्टी परित्यागत गरेको घोषणा गरेका छन्। नेता परियारले सुक्रबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीलाई पत्र पठाउँदै आफुले रास्वपा परित्याग गरेको जानकारी गराएका हुन्।

परियारले सुक्रबार दिउँसो रास्वपाको साधारण सदस्यसमेत नरहने गरी पार्टीलाई पत्र लेखेर आफु आजैका दिनदेखी राष्ट्रीय स्वतन्त्र पार्टी(रास्वपा)परित्याग गरेको जानकारी दिएका छन् ।

उनी रास्वपा निवर्तमान प्रतिनिधिसभाका प्रमुख सचेतक तथा समानुपातिक तर्फका समेत निवर्तमान सांसद भैइसकेका रास्वपाका एक वरिष्ठ सदस्य हुन्।

यस्तो छ परियारले पार्टीबाट आफु बाहिरिएको घोषणा पत्र

श्री महामन्त्रीज्यू,
राष्ट्रिय स्वतन्त्र पार्टी, बनस्थली काठमाडौं
विषयस् राजीनामा सम्बन्धमा

आदरणीय महामन्त्रीज्यू, सर्वप्रथम त राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य भएर वैकल्पिक राजनीतिक अभियानको एउटा सदस्य हुन पाएकोमा र रास्वपाको जिम्मेवार सदस्य भएर नेपाली समाजको रूपान्तरणमा थोरै भए पनि राजनीतिक योगदान गर्न पाएकोमा वैकल्पिक राजनीतिक अभियानका सुरूवातकर्ता सबैप्रति हार्दिक नमन।

रास्वपाको सदस्य भइरहँदा मैले पार्टी र देशको हितमा इमान्दार प्रयत्न गरेको छु। निरन्तर पार्टीमा विचारको बहस गरिरहँदा त्यसलाई स्थापित गर्न नसक्दा मैले आफ्नै कमजोरीको रूपमा लिएको छु। नेपाली समाजको विशिष्ट बनावट र चरित्र अनुसारको पार्टीको विचार निर्माण गर्न नसकिएकोमा पनि म दुस्खी छु।

यसै सन्दर्भमा गएको भदौ २३ र २४ गते नेपालको राजनीतिक इतिहासमा भएको पछिल्लो पुस्ता ९न्भल(न्० को विद्रोहले नेपाली राजनीतिको परम्परागत जडतालाई खारेज गरिदिएको छ। यो आन्दोलनले यथाअवस्थामा अब नेपाली राजनीति अगाडि जान नसक्ने र नवयुगको नेतृत्व गर्न नसक्ने प्रमाणित भएको छ। जेनजी विद्रोहले समकालीन नेपाली समाजको चेतना निर्माणमा निकै ठूलो भूमिका खेलिरहेको छ भन्ने मेरो बुझाइ हो। यसका लागि हरेक राजनीतिक पार्टी र व्यक्तिले पनि आगामी नेपाली राजनीतिलाई अझ फराकिलो हिसाबमा सोच्नुपर्ने अवस्था आएको छ।

नेपाली राजनीतिक आन्दोलनको पुनर्संचना, अवधारणाहरूको पुनपरिभाषा र संगठनहरूको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी हाम्रो पुस्ताको काँधमा आएको छ।

तसर्थ, बदलिँदो परिस्थितिलाई आत्मसाथ गर्दै यस ऐतिहासिक घडिमा नेपाली राजनीतिक आन्दोलनलाई साँचो अर्थमा राष्ट्र हित र जनताको जीवनसँग जोड्नलाई म फरक खालको राजनीतिक अभियानमा सक्रिय हुनुपर्ने स्थितिका कारण आजैको मिति कात्तिक २८, २०८२ देखि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को कुनै पनि जिम्मेवारीमा नरहने र पार्टीको साधरण सदस्यसम्म नरहने निवेदन गर्दछु।

रास्वपामा रहेर विभिन्न भूमिकामा काम गरिरहँदा मलाई साथ र सहयोग गर्ने सबै रास्वपाका प्रिय साथीहरूप्रति आभारी छु। यो देश निर्माणको क्रममा, समाज रूपान्तरणको क्रममा अनि आम नेपाली नगरिकको जीवनलाई गुणस्तरीय, सुरक्षित र समृद्ध बनाउने राजनीतिक यात्रामा फेरि भेटियो भने, मिठो सहकार्य हुनेछ।
( सन्तोष परियार सचिवालय सदस्य, रास्वपा

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस