
नारी बाटिका
नारी वाटिका संवाददाता
धादिङ -३ माघ ।
निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिक सभापतिका रूपमा गगनकुमार थापालाई नै मान्यता दिएको छ।
नेता गगनकुमार थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा भएको विशेष महाधिवेशनबाट सर्वसहमतमा सभापतिमा निर्वाचित भएका थापालाई राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ बमोजिम दलको विवरण अद्यावधिक गर्दै आयोगले थापा नेतृत्वको पक्षलाई वैधानिक मान्यता दिएको हो।
लामो समयदेखी काँग्रेसको नेतृत्व परिवर्तन गर्ने संघर्षमा लागेका थापाको अगुवाईमा पुस २७ देखि ३० सम्म सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा निर्वाचित भएका थिए। त्यसपछी पार्टीको विवरण अद्यावधिक गर्न नवनिर्वाचित सभापति थापासहितको टोलीले बिहीबार निर्वाचन आयोगमा निवेदन दिएका थिए।
यता पुराना नेताहरुको समुह तथा तत्कालिन पार्टीको कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षले भने शुक्रबार बिहान आयोगमा छुट्टै निवेदन दर्ता गर्दै आफूहरू आधिकारिक भएको दाबी गरेका थिए। दुवै पक्षको दाबी आएपछि आयोगले सम्बन्धित नवनिर्वाचित पदाधिकारीहरूलाई आयोगमा उपस्थित गराएको थियो।
आयोगले काँग्रेस विशेष महाधिवेशन निति संम्वत भएको यस सम्वन्धि प्रक्रिया पूरा गरेको भन्दै गगन थापा नेतृत्वको पक्षलाई नेपाली कांग्रेसको आधिकारिक मान्यता दिएको हो। आयोगको निर्णयसँगै अब कांग्रेसको चुनाव चिह्न रुख तथा चारतारे झण्डा पनि गगन थापा पक्षलाई नै दिएको छ।








प्रतिक्रिया दिनुहोस