आज: २०८२ माघ ६, मंगलबार | Tue, 20, Jan, 2026

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनका लागी धदिङमा रमेश धमलाको उम्मेदवारी

२०८२ माघ ६, मंगलबार मा प्रकाशित ( ३ घण्टा अघि) ७१४ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

धदिङ -६ माघ । बिबियु

नेपाली कांग्रेसले आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि धादिङ २ बाट रमेश धमलालाई उम्मेदवार बनाएको छ।

हालै सम्पन्न नेपाली काँग्रेसको विशेष महाधिवेशबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका धमला धादिङको कांग्रेस पूर्व जिल्ला सभापति हुन्। ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)कासमेत पूर्व अध्यक्ष भइसकेका धमला पर्यटन व्यवसायमा संलग छन् ।

दोस्रो पटक उनको माग रहँदा रहँदै पनि एकपटक मात्रै पार्टीको जिल्ला सभापति भएर छोडेका नेता धमलाले पार्टी संगठन,पार्टीको भवन निर्माण लगायतका काम गरेर उनी धदिङ काँग्रेसभित्र लोकप्रिय नेता बनेका थिए । यय क्षेत्रमा २०७९ सालको निर्वाचनमा कांग्रेसका हालका पार्टी सभापति रामनाथ अधिकारी निर्वाचित हुनु भएको थियो।

तर यस पटक भने अधिकारीले चुनाव नलड्ने र दोस्रो साथीहरुलाई सहयोग गर्ने घोषणा गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस