आज: २०८३ श्रावण ५, मंगलबार | Tue, 21, Jul, 2026

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

२०८२ माघ १६, शुक्रबार मा प्रकाशित ( ५ महिना अघि) ३६२८ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -१६ माघ ।

आज शहीद दिवस, विभिन्न कार्यक्रम गरी मनाईँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको हो।

तिनै सहिदहरुको बलिदान स्वरुप जहानियाँ राणा शासनको अन्त्य भएको आजको दिनलाई सम्झना गर्दै शहिद दिवस मनाउन थालिएको हो । नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो।

प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदको सम्झनामा विविध कार्यक्रमको आयोजना गरि शहिद दिवस मनाउँदै आइरहेको छ ।

देशमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउन थालिएको हो।

उनीहरुले राणा शासनविरुद्ध आवाज उठाएको भन्दै तत्कालीन राणा शासक सरकारले मृत्युदण्ड दिएको थियो। तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस