आज: २०८२ फागुन ८, शुक्रबार | Fri, 20, Feb, 2026

एमाले धादिङका दुबै क्षेत्रका उम्मेदवारको प्रतिवद्धतापत्र सार्वजनिक

२०८२ फागुन ८, शुक्रबार मा प्रकाशित ( २ घण्टा अघि) १११७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -८ फागुन ।

प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक्ष तर्फ नेकपा एमालेका धादिङ दुवै निर्वाचन क्षेत्रका उम्मेदवारहरूले छुट्टाछुट्टै रूपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन्।

धादिङ निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार धनबहादुर घले र निर्वाचन क्षेत्र नं.१ का उम्मेदवार भूमि त्रिपाठीले संविधानको रक्षा, सुशासन,दीगो विकास र समृद्धिको लक्षसहितको आफुनो प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

उनीहरु दुबैले सार्वजनिक गरेका प्रतिवद्धता पत्रमा समग्र रुपमा हुर्दा जिल्लाको सन्तुलित र दीगो विकास, सामाजिक रूपान्तरण र आत्मनिर्भर अर्थतन्त्र सुधार गर्दै लोकतान्त्रिक आन्दोलन र संविधान निर्माणमा एमालेले खेलेको भूमिकाको स्मरण गराएका छन् भने राष्ट्रिय स्वाधीनताको रक्षा, स्थिर परराष्ट्र सम्बन्ध, रोजगारी सिर्जना र औद्योगिक पूर्वाधार विकासमा स्पष्ट योजना रहेको उल्लेख गरेका छन्।

त्यसैगरी ऊर्जा क्षेत्रतर्फ बुढीगण्डकी जलाशय आयोजना शीघ्र कार्यान्वयनका लागि अधिकतम पहल गरिने र दुई वर्षभित्र निर्माण सुरु नभए पदत्याग गरी संघर्षमा उत्रने घोषणा समेत गरिएको छ ।

साथै साना जलविद्युत् आयोजनामा स्थानीय सहभागिता सुनिश्चित, गणेश हिमाल क्षेत्रका खनिज स्रोतको अध्ययन, उत्खनन र प्रशोधन तथा रुबीभ्याली क्षेत्रका जडीबुटी र पत्थरको बजारीकरणका लागि नीतिगत व्यवस्था गरिने प्रतिबद्धता पनि जनाइएका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस