
नारी बाटिका
बिबियु,नारी वाटिका संवाददाता
धादिङ ८ फागुन ।
नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ का नेकपा तर्फका उम्मेदवार राम बहादुर भण्डारीले आफ्नो निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।
नेता भण्डारीको प्रतिवद्धतापत्रमा भ्रष्टाचार मुक्त प्रशासन, प्रभावकारी सार्वजनिक सेवा प्रवाह, डिजिटल सेवा विस्तार तथा नागरिक गुनासो सुनुवाइ संयन्त्र स्थापना गर्ने प्रतिबद्धतासहितको प्रतिबद्धतापत्र सार्वजनिक गर्नु भएको हो ।
नेता भण्डारीको प्रतिबद्धता पत्रमा शिक्षा क्षेत्रमा कक्षा १ देखि १२ सम्म निःशुल्क तथा अनिवार्य शिक्षाको कार्यान्वयन, प्राविधिक तथा व्यावसायिक शिक्षाको विस्तार र उच्च शिक्षालाई रोजगारमुखी बनाउने योजना उहाँ प्रतिबद्धता पत्रमा समेटिएका छन्। स्वास्थ्य क्षेत्रमा प्रत्येक पालिकामा गुणस्तरीय सेवा, स्वास्थ्य बीमा सुदृढीकरण तथा दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्ने जस्ता जनमुखी प्रतिबद्धतापत्र ल्याउनु भएको छ ।
त्यसैगरी पूर्वाधार तर्फ बुढीगण्डकी जलविद्युत् आयोजना कार्यान्वयन, बाँकी मुआब्जा वितरण, सडक स्तरोन्नति तथा कालोपत्रे, मोटरेबल पुल निर्माण, धादिङबेसी र सल्यानटारलाई स्मार्ट सहरका रूपमा विकास गर्ने योजनाहरु समेटिएका छन् ।
यससंगै उहाँको घोषणा पत्रमा पर्यटन प्रवद्र्धनमार्फत रोजगारी सिर्जना, रुबीभ्याली र गंगाजमुना क्षेत्रलाई पर्यटनमैत्री गन्तव्यका रूपमा विकास गर्ने तथा गणेश हिमाल क्षेत्रको पदमार्ग व्यवस्थापन गर्ने प्रतिबद्धतासहितका सवालहरु छन् ।
कृषिलाई आधुनिकीकरण र व्यवसायीकरण गर्दै उत्पादनमा आधारित अनुदान, चिस्यान केन्द्र स्थापना, लिफ्टिङ सिँचाइ विस्तार तथा सहकारीमार्फत सामूहिक उत्पादनमा जोड, सामाजिक न्यायतर्फ महिला सशक्तीकरण, दलित तथा आदिवासी जनजातिको पेशा–व्यवसाय आधुनिकीकरण, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम र सामाजिक सुरक्षा कोष सुदृढीकरणलाई प्राथमिकता दिने जस्ता विषयहरु रहेका छन् ।







प्रतिक्रिया दिनुहोस