
नारी बाटिका
नारी वाटिका संवाददाता
काठमाडाँ -१० फागुन ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने स्पष्ट पार्नु भएको छ ।
कार्यवाहक आयुक्त भण्डारीले आसन्न प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नका लागी सरकार,आयोग तथा सम्वन्धित सुरक्षा समेन्त्रहरु तयारी अवस्थामा गैइसकेकोले निर्धारित समयमा निर्वाचन हुने बताउनु भएको हो ।
गोरखापत्र संस्थानले आइतबार आयोजना गरेको कार्यक्रममा भण्डारीले केही तत्त्वले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताउनु भयो।
अझै पनि केही उम्मेदवारले निर्वाचनको बारेमा संशय राखेर आफूलाई फोन गर्ने गरेको भन्दै आयुक्त भण्डारीले त्यस्ता भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सबैलाई आग्रह गर्नु भयो । उहाँले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने भएकाले त्यस तर्फ सचेत रहन पनि सुझाव दिनु भयो।
निर्वाचनको विकल्प निर्वाचन नै भएको स्पष्ट पार्दै निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने उहाँको जिकिर छ। राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको धारणा राख्नु भयो।
साथै सबै राजनितिक दल तथा सम्वन्धित सरोकारवाला सबैलाई निर्वाचन आचारसंहिता पालना गर्न पनि सम्बन्धित आग्रह गर्नु भएको छ। केही सञ्चारमाध्यामले मत सर्वेक्षण गरिरहेको भन्दै मत सर्वेक्षण नगर्न पनि अनुरोध गर्नुृ भयो ।
आफूले पटकपटक मत सर्वेक्षण नगर्न आग्रह गरेपनि केही सञ्चारमाध्यामहरुले नटेरेकोले यस्ता गतिविधिले निर्वाचन आचारसंहिता विपरीतको कार्य गरिरहे कारबाही गर्न बाध्य हुने चेतावनी समेत दिनु भएकचो छ ।







प्रतिक्रिया दिनुहोस