
नारी बाटिका
नारी वाटिका संवाददाता
झापा -१२ फागुन ।
नेकपा एमालेका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार केपी शर्मा ओलीले आसन्न निर्वाचनमा बुथ कब्जा हुन नदिने बताउनु भएको छ ।
सोमबार झापामा आयोजित कोशी प्रदेश कमाण्ड घोषणा कार्यक्रममा सम्बोधन गर्दै वलीले यदी कोही नयाँ र चमत्कारी पार्टी हुँ भनेर देश जलाउने पार्टीले बुथ कब्जा गर्न खोजे एमालेले जाखाना हेरेर नबस्ने बताउनु भएको हो । साथै एमालेले शान्तिपूर्ण राजनीति र स्थायित्वको पक्षमा रहेको धारणा राखेका छन् । ‘एमाले भन्छ—अरू सबै कुरा पछि, देश पहिले,’ उनको भनाइ थियो।
एमालेको नेसनल भोलेण्टियर फोर्स चुनावका लागि मात्रै नभई दीर्घकालीन रूपमा राष्ट्रको सुरक्षाका लागि गठन गरिएको बताउँदै ‘राज्य संयन्त्रको भर मात्रै पर्याप्त नहुने रहेछ भन्ने सिकाइबाट देश जोगाउन यो फोर्स गठन गरिएको हो,’ अध्यक्ष वलीले उल्लेख गरेका छन्।
विगतमा जेनजीका नाममा आन्दोलन गरी देशमा भएको लुटपाट र अराजकता फैलिएकोले अब यस्तो अवस्था दोहोरिन नदिने दाबीसमेत गर्नु भएको थियो। ‘अब नेसनल युथ फोर्स बनेको छ, कसैले देश जलाउन सक्दैन, प्रहरीका हतियार खोस्न सक्दैन,’ वलीले भने।
त्यसैगरी एमाले पार्टी शान्तिपूर्ण निर्वाचनको पक्षमा रहेको र मतदाताले स्वतन्त्र रूपमा मतदान गर्न पाउनु पर्छ ‘कसैले बुथ कब्जा गर्ने कल्पना नगरे हुन्छ, यहाँ नेसनल भोलेण्टियर फोर्स छ,’ उनले भने, ‘यो जनताको शक्ति हो र अनुशासनमा बसेर काम गर्छ।’







प्रतिक्रिया दिनुहोस