आज: २०८२ फागुन १३, बुधबार | Wed, 25, Feb, 2026

सेवामा निकै झन्झटिलो समाज कल्याण परिषद्ले अब डिजिटल सेवा दिँदै

२०८२ फागुन १३, बुधबार मा प्रकाशित ( २ घण्टा अघि) १२४१ पटक पढिएको
नारी बाटिका


नारी वाटिका संवाददाता

काठमाडौँ -१३ फागुन

विशेषगरी राष्ट्रीय तथा अन्तर्राष्ट्रीय दातृ निकायहरुले नेपालमा समाजिक विकासका कार्य गर्न दर्ता,नविकरण र सुचिकृतका लागी अनिवार्य रहेको कल्याण परिषद्मा काम गर्न निकै सास्ती र हैरानी बेहोर्नु पर्ने गरेको थियो । तर ढिलै भएपनि अब उप्रान्त समाज कल्याण परिषद्ले डिजिटलाइजेसन सेवा दिने भएको छ ।

मंगलबार ललितपुरको पुल्चोकमा समाज कल्याण परिषद्ले आयोजना गरेको नयाँ सेवा प्रभाह कार्यक्रममा प्रमुख आतित्थ्यता जनाउँदै प्रधानमन्त्री सुशीला कार्कीले सो सेवा शुभारम्भ गर्नु भएको हो । कार्यक्रममा प्रधानमन्त्री कार्कीले ष्उबअत।कधअ।यचन।लउ वेबसाइटको रिमोट अन गरेर शुभारम्भ गर्नु भयो।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्कीले विकास सहायता परिचालनको एक महत्त्वपूर्ण क्षेत्र सामाजिक सेवा भएको बताउनु भएको छ । ‘हाम्रोजस्तो विकासोन्मुख देशका लागि सामाजिक सेवा र विकास सहायता समृद्धिको महत्त्वपूर्ण आधारस्तम्भ हुन्,’ उहाँको भनाइ छ ।

विशेषगरी नेपालमा वषौंदेखी गैरसरकारी संघ(संस्थाहरूले स्वास्थ्य, शिक्षा, सशक्तीकरण, समावेशीकरण, गरिबी निवारण, सामुदायिक विकास र वातावरण संरक्षणजस्ता विविध क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् । तर सोही कार्यका लागी सर्वप्रथम संस्था दर्ता,नविकरण र स्वीकृतिका काम गर्ने समाज कल्याण परिषद्मा भने पुरानै शैलीमा काम हुने गरेको र त्यहाँका कर्मचारीहरुले समेत अनेकौं बहाना बनाई सेवाग्राहीलाई दुख दिने गरेका थिए । कतिपयले त एनजीओ भन्ने वित्तिकै डलर कै खेति गर्छन भन्ने उदेस्य राख्ने गरेकाले सेवा लिन निकै हैरानी र सास्ती बेहोर्नु पर्ने अवस्था वषौंदेखी कायमै थियो ।

‘तर नेपालमा दशकौंदेखी गैरसरकारी संस्थाहरुले विपद्का समयमा राहत, उद्धार र पुनर्स्थापनामा खेलेको भूमिका प्रशंसनीय छ,’। यस हिसावले पनि राज्यले गैरसरकारी संघ(संस्थाको सहजीकरणका लागि एकद्वार प्रणालीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने उद्घाटन कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले व्यक्त गर्नु भयो ।

यस सेवाले आगमी दिनमा नेपालमा आउने परियोजनाका फाइलहरूलाई प्रविधिमैत्री बनाउन र कागजी झन्झटमुक्त गराउन कोसेढुङ्गा सावित हुने विश्वास लिएको छ। यसले परियोजना स्वीकृतिको प्रक्रियामा लाग्ने प्रशासनिक लागत र समयलाई घटाउनेछ।

विशेष गरी, गैरसरकारी संस्था दर्ता भए पश्चात कुनै फाइल अघि बढ्ने र कुनै नबढ्ने जुन स्वविवेकीय अधिकार प्रयोग गरी विगतमा कर्मचारीले घुमाउने गरेको समस्या थियो, यस प्रणालीले त्यस्ता समस्यालाई अन्त्य गरी सुशासन कायम गर्न र महत्वपुर्ण सेवा पुग्ने विश्वास लिन सकिने छ।

कार्यक्रममा मन्त्री एवम् परिषद्की अध्यक्ष श्रद्धा श्रेष्ठले विकास सहायता परिचालनलाई एकद्धार नीति मार्फत गर्ने गरी नीतिगत तयारी तथा तर्जुमा शुरु भएको बताएकी छन् । उनले सामाजिक संघ(संस्थाहरूको प्रतिष्ठा र मर्यादा बढाउँदै देशको समग्र विकास र दिगो विकासको लक्ष्य प्राप्तिमा यस डिजिटल रूपान्तरणले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेकी थिइन् ।

नेपालमा मानवीय तथा भौतिक विकासका काम गर्नका लागी परिषद्मा ५८ हजारभन्दा बढी गैरसरकारी संस्था परिषद्मा आवद्ध रहेको बताइएको छ । कार्यक्रममा गैरसरकारी संस्था महासंघ नेपालका अध्यक्ष अर्जुन भट्टराईले गैरसरकारी संस्थाले लामो समयदेखि पैरवी गर्दै आएको डिजिटलाइजेसनको कुरा आज पूरा भएको बताउनुभयो । उहाँले यसका लागि प्रधानमन्त्री र मन्त्रीलाई समेत धन्यवाद ज्ञापन गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%

प्रतिक्रिया दिनुहोस