आज: २०८३ अषाढ १०, बुधबार | Wed, 24, Jun, 2026

मौसम ,पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने

२०८२ फागुन २९, शुक्रबार मा प्रकाशित ( ३ महिना अघि) ३१६३ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका संवाददाता

धादिङ -२९ फागुन ।

पश्चिमी न्यून चापीय प्रणाली र उपल्लो वायुमण्डलको उच्च चापीय प्रणाली तथा पूर्वी क्षेत्रमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभावले मुलुकभर मौसममा बदली छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यतया बादलले ढाकेको छ।

आज (शुक्रबार) कोशी प्रदेशसहित अन्य पहाडी र हिमाली क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाका अनुसार उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणाली स्थिर रहेकाले पर्याप्त वर्षा हुन नसकेको र प्रदूषण तल्लो तहमा जमेर देशका धेरै स्थानमा केही दिनदेखि तुवाँलो देखिएको छ।

तर बिहीबारदेखि मौसमी गतिविधि बढेर केही स्थानमा भारी वर्षासमेत भएको र आजपनि देशका केही स्थानमा क्षणिक वर्षा हुन सक्ने भएकाले मौसममा क्रमिक सुधार आउने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस