आज: २०८२ चैत्र १६, सोमबार | Mon, 30, Mar, 2026

पत्रकार महासंघ धादिङद्वारा आयोजित ७१औं स्थापना दिवस कार्यक्रम

२०८२ चैत्र १६, सोमबार मा प्रकाशित ( ३ घण्टा अघि) १४८९ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका संवाददाता

धादिङ -१५ चैत ।

पत्रकारको साझा संस्था नेपाल पत्रकार महासंघ धादिङले ७१औं स्थापना दिवस मनाएको छ । पत्रकार महाँसंघ धादिङले ७१औं स्थापना दिवसको अवसर पारेर जिल्लाका संन्चार कर्मीहरुकाबिचमा ‘अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षा” सम्बन्धि विशेष छलफलसहितको कार्यक्रम आयोजना गरिएको हो ।

पत्रकार महासंघ, धादिङका अध्यक्ष सीताराम अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल तामाङ पत्रकार संघ धादिङका अध्यक्ष निर तामाङ,फोनिज वागमती प्रदेशका प्रतिनिधि संकर श्रेष्ठ,नारी वाटिका डट्कमका भगवती उप्रेतीलगायतका बक्ताहरुले सत्य तथ्य र यथार्थमा रहेर कलम चलाउने पत्रकारको पेशा र हकहितका लागी महाँसंघले अझै सशक्त रुपमा भुमिका खेल्नु पर्ने धारणा राखेका थिए ।

त्यस्तै कार्यक्रममा उपस्थिति वक्ताहरुले आधुनिक प्रविधी अनुसार पत्रकारको लेखन, प्रकाशन र समाजमा भए गरेका विकृर्ति विसंगतिको चिरफार गर्दै सकारात्मक रुपमा भएका विकास र नागरिक मैत्री भएर काम गर्नको लागी सीप र क्षमताको विकास गर्न आवश्यक रहेको छलफल गरिएको थियो ।

कार्यक्रममा जिल्ला तथा राष्ट्रीय संन्चार माध्यमा काम गर्ने धादिङका प्रतिनिधिहरु,विभिन्न रेडियोकर्मीहरु,टेलिभिजनका प्रतिनिधि, नारी वाटिका डट्कम,पैरवी अनलाईका संवाददाता तथा प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रम पत्रकार महाँसंघ धादिङी सचिव अस्मीता पोख्रेलले संन्चालन गर्नु भएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस