आज: २०८३ बैशाख ३, बिहिबार | Thu, 16, Apr, 2026

वैशाख ६ र ७ गते ५ वर्षका बालबालिकाहरुलाइ भिटामिन ए र जुकाको औषधी खुवाईने

२०८३ बैशाख ३, बिहिबार मा प्रकाशित ( ३ घण्टा अघि) १५६ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ- ३ वैशाख ।

धादिङमा  यही वैशाख ६ र ७ गते धादिङ जिल्लाभरका ६ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाइ भिटामिन ए र जुकाको औषधी खुवाउने वागमति प्रदेश स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

स्वास्थ्य कार्यालय धादिङको अनुसार यस कार्यक्रममा ६ महिना देखि ५ वर्ष सम्मका उमेर समुहका जिल्लाभरका बालबालिकाहरुलाइ साविकका वडाहरुमा रहेका सामुदायिक महिला स्वयं सेविका मार्फत भिटामिन ए र जुकाको औषधि खुवाइने कार्यक्रम तय गरिएको हो ।

प्रदेश स्वास्थ्य कार्यालय धादिङले यस कार्यक्रममा उल्लेखित उमेर समुहका कोही पनि बालबालिकाहरु नछुटुन् भन्नाका लागी सम्पुर्ण अभिभावकहरुलाई आफ्ना बच्चाहरु लिएर नजिकको खोप केन्द्रमा तथा महिला स्वास्थ्य स्वयंसेविका हरुसङ सम्पर्क गर्न हुन अनुरोध समेत गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस