आज: २०८३ बैशाख २०, आईतबार | Sun, 03, May, 2026

राजनीतिक नियुक्ति पाएकाहरु कुल १,५९४ जना एकै पटक पदमुक्त

२०८३ बैशाख २०, आईतबार मा प्रकाशित ( ४ घण्टा अघि) १४२७ पटक पढिएको
नारी बाटिका


रीता दवाडी नेपाली- नारी वाटिका संवाददाता

धादिङ -२० वैशाख।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले पेश गरेको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी अध्यादेश, २०८३’ जारी गर्नु भएको छ ।

सरकारले सार्वजनिक पदमुक्ति अध्यादेश ल्याउनका लागी प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को निर्णयले गरेको सिफारिसमा प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै विभिन्न ऐन लागु गरी एकै पटक पदमुक्त गर्ने कानुन ल्याईएको हो ।

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले जारी गर्नु भएको सार्वजनिक पदमुक्ति अध्यादेश २०८३ लागु भएसंगै अश यसअघिका सरकारले आफ्ना मान्छेलाई जागिर खुवाउनका लागी राजनीतिक नियुक्ति पाएकाहरु कुल १,५९४ जना पदाधिकारीहरूको पद तथा जागिर गएको हो ।

यस अध्यादेश लागु भएपछी नेपाल वायुसेवा निगम ऐन, २०१९ बमोजिम नियुक्त अध्यक्ष, उपाध्यक्ष, सञ्चालक र महाप्रबन्धकसहित सात जना पदाधिकारीहरु, राष्ट्रिय समाचार समिति ऐन, २०१९ अन्तर्गतका दुई जना सञ्चालक र गोरखापत्र संस्थान ऐन, २०१९ बमोजिमका अध्यक्ष तथा सञ्चालक गरी तीन जनाको पद रिक्त हुने भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस