आज: २०८३ बैशाख २१, सोमबार | Mon, 04, May, 2026

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता

२०८३ बैशाख २१, सोमबार मा प्रकाशित ( २ घण्टा अघि) १३०३ पटक पढिएको
नारी बाटिका


बिबियु-नारी वाटिका संवाददाता

धादिङ -२१ वैशाख।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेका ८ वडा अध्यादेशमध्य सातवटाको स्वीकृत गरी १ वटा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको छ।

उहाँले यसअघि पनि संघीय संसद्का दुवै सदनले पारित गरेको विधेयक फिर्ता गर्नु परेको कारण यो अध्यादेशलाई पनि पुनर्विचारका लागि फिर्ता गर्नु भएको हो । सरकारले राष्ट्रपतिसमक्ष स्वीकृतका लागी पेश गरिएका आठवटा अध्यादेशमध्ये सातवटा अध्यादेश जारी गर्नु भैइसकेको छ ।

बालेन शाह नेतृत्वमा भएको निर्णय अनुसारको सरकारले सिफारिस गरेका सातवटा अध्यादेश जारी गरिसक्नु भएको छन् भने राष्ट्रपति पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशलाई मात्रै फिर्ता गर्नु भएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस