
नारी बाटिका
बिबियु-नारी वाटिका संवाददाता
धादिङ -२२ वैशाख ।
प्रधानमन्त्री वालेन्द्र शाहले शिक्षालय र कर्मचारी तन्त्रलाई दलगत राजनीतिकको संक्रमणबाट मुक्त गर्न सरकारले कठोर कदम चालेको बताउनु भएको छ । ‘पार्टीकरण’संस्कृतिले वर्षौंदेखि जरा गाडेर बसेको र यसले प्रणाली नै ध्वस्त पारेको भन्दै अब योग्यता र क्षमतालाई मात्र आधार बनाइने प्रधानमन्त्री शाहले उद्घोष गर्नु भएको हो ।
आज प्रधानमन्त्री शाहले आफ्नो फेसबुक पेज सामाजिक सञ्जालमार्फत दशकौंदेखी विद्यार्थी र कर्मचारी संगठनहरूले दलको हित गर्ने ‘स्लिपर सेल’मा परिणत भएको टिप्पणीसमेत गर्नु भएको छ । यस्तै दलगत संस्कृतिले “वर्षौंदेखि योग्यता भन्दा पहुँच र क्षमता भन्दा झोला र झण्डाको मूल्य बढाइयो, जसले प्रणालीप्रति जनताको विश्वास कमजोर बनायो,”
उहाँको टिप्पणी छ, । “त्यसैले अब स्पष्ट निर्णय आवश्यक थियो( शिक्षालयमा दलको झण्डा र कर्मचारीतन्त्रमा दलको झोला निषेध गर्न ।”
राष्ट्रिय स्वतन्त्र पार्टीले संगठन बनाउन नसकेर यस्तो निर्णय गरेको नभई थप अर्को दलगत संगठन थप्दैमा शिक्षाको गुणस्तर नबढ्ने विगतको पाठबाट सिकेर यस्तो कदम चालिएको उल्लेख छ ।
यस्तै सरकारले हालै अध्यादेशमार्फत यी क्षेत्रमा रहेका विकृति हटाउने निर्णय गरेको उल्लेख गर्र्दै उहोले यसबाट पेशागत स्वतन्त्रता अझ बलियो हुने दाबी गर्नु भएको छ ।
“विद्यार्थीले राजनीति सिक्दा गुरुबाट सिकून्, नेताको भीडबाट होइन,” प्रधानमन्त्रीको टिप्पणी छ “हामी चाहन्छौँ विद्यार्थीले सभ्यता, विचार र जिम्मेवारीको राजनीति सिकून् र कर्मचारीले नेताको छहारी होइन, विधिको मार्ग खोजून् ।
” प्रधानमन्त्री शहको यो कुनै दलविरुद्धको लडाइँ नभई देशलाई दलगत कब्जाबाट निकालेर संस्थागत मार्गमा ल्याउने भविष्य बचाउने प्रयास भएको भनाई छ ।
परिवर्तन भाषणले नभई निर्णयले आउने र आम नागरिकको जनचाहना बमोजिम नै सरकारले यस कदममा लागेको बताउनु भयो । साथै कर्मचारीको नियुक्ति, सरुवा र बढुवाको आधार अब दलगत निकटता नभई विधि, क्षमता र दक्षता मात्र गरिने भएकोले सबै पक्षसँग साथ र सहयोगको अपेक्षा गर्नु भएको छ ।








प्रतिक्रिया दिनुहोस