
बिबियु-नारी बाटिका संवाददाता
धादिङ -२५ वैशाख ।
सरकारी राष्ट्रीय बाणिँज्य बैंक लगायत सबै बैंकका अध्यक्षले पदबाट राजीनामा दिएका छन् । हालै सरकारको सार्वजनिक पद तथा राजनीतिक नियुक्ति लिएका सबै संस्थाका सरकारी पदमा रहेका व्यक्तिलाई बर्खास्त गरेपछि बैंकका अध्यक्षहरूले राजीनामा दिएका हुन् ।
राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष सहित सबै सञ्चालकले पदबाट राजीनामा दिएको अर्थ मन्त्रालयका स्रोतले जनाएको छ । त्यसैगरी कृषि विकास बैंक र नेपाल बैंकमा भने अध्यक्षले मात्र राजीनामा दिएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले काम गर्दै आएका थिए । त्यस्र्त सञ्चालक समितिमा थानप्रसाद पँगेनी, लक्ष्मण घिमिरे, प्रा.डा.रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्यबहादुर राना र हरिकुमार सिलवाल रहृका थिए ।












प्रतिक्रिया दिनुहोस