आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

एक -दुइ दिनमै माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित हुंदै

२०८३ बैशाख २७, आईतबार मा प्रकाशित ( ३ दिन अघि) १४५८ पटक पढिएको
नारी बाटिका


बिबियु -नारी बाटिका संवाददाता
धादिङ -२७ वैशाख ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा एक दुई दिन मै प्रकाशित गर्ने तयारी गरेको छ ।

बोर्डका अनुसार परिक्षाको नतिजा छिटो पत्ता लगाउनको लागी नेपाल टेलिकमको १६०० नम्बरमा फोन गरेर आईभीआर सेवा प्रयोग गर्न सकिने जनाएको छ ।

साथै परीक्षा बोर्डले मोवाईल एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइट मार्फत प्रकाशित गर्ने तयारी गरेको छ। भने एसएमएस मार्फत नतिजा हेर्न जानकी टेक्नोलोजीको ३५००१ र एम्बिसन गुरुको ३१००६ नम्बर प्रयोग गर्न सकिने समेत जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस