आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

यस वर्षको मनसुन कमजोर, वर्षा पनि निक्कै कम र तातो भने अत्याधिक

२०८३ अषाढ १३, शनिबार मा प्रकाशित ( २९ मिनेट अघि) ४३५ पटक पढिएको
नारी बाटिका


बिवियु,नारी वाटिका डट्कम
धादिङ -१३ असार ।

मध्य असारमा निरन्तर झरी पर्नु पर्ने हो तर पछिल्लो समयमा देशभर मनसुन सक्रिय देखिएपनि आवश्यकता अनुसार वर्षा हुन सकेको छैन । विगतको तुलनामा पछिल्लो समयमा औसत भन्दा कम वर्षा भएको छ ।

जल तथा मौसम विभागको अभिलेख अनुसार जुन १ देखि २५ तारिखसम्म देशभर औसत १४९ मिलीमिटर वर्षा मापन गरेको छ, जुन यस अवधिको औसत वर्षा भन्दा कम हो ।

विभागले यस वर्ष मनसुन नेपालमा सरदर मितिभन्दा ढिला प्रवेश गर्नुका साथै प्रारम्भिक चरणमा कमजोर रहेकाले वर्षामा कमी देखिएको जनाएको छ । मनसुन कमजोर रहँदा वर्षा पनि कम हुने भएकाले कृषि रोपाइँ, जलस्रोत व्यवस्थापन तथा खानेपानी आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ।

साथै मध्य असारको समयसम्म देशभरमा मनसुन विस्तार हुनसकेको छैन। विभागका अनुसार पाँच प्रदेशका केही भूभागमा मात्रै मनसुन सक्रिए भएको छ भने मनसुनी प्रणाली अझै कमजोर अवस्थामै देखिएकाले देशभरमा विस्तार हुन अझै केही दिन लाग्न सक्ने सक्ने आँकलन गरिएको छ ।

यस अवस्थाको विश्लेषण गरी विभागले यस मनसुन अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा हुने र तापक्रम भढ्न सक्ने प्रक्षेपण गरेको छ। यस सम्वन्धमा विभागका मौसमविद् सुदर्शन हुमागाईँका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षाको हुने सम्भावना रहेको बताउनु भयो ।

देशभर मध्य यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग,लुम्बिनी प्रदेशका अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भूभाग, कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदर भन्दा कम वर्षा हुने अनुमान गरिएको छ । सोही बमोजिम उक्त क्षेत्रमा ५५ देखि ६५ प्रतिशत रहेको छ।

तर विशेष गरी तराई क्षेत्र,सुख्खा क्षेत्र तथा वेशी खोचहरुमा निकै तातोका कारण गर्मी पनि अत्याधिक हुन सक्ने अनुमान गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस