आज: २०८३ अषाढ १६, मंगलबार | Tue, 30, Jun, 2026

आज र भोलि दुई दिन देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

२०८३ अषाढ १६, मंगलबार मा प्रकाशित ( ४ मिनेट अघि) ६३ पटक पढिएको
नारी बाटिका


बिबियु, नारी वाटिका डट्कम
धादिङ १६ असार ।

जल तथा मौसम विज्ञान विभाग महाशाखाले आज र भोलि भोली दुई दिनसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले यसअघि नै विशेष बुलेटिन जारी गरी देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारीसम्म वर्षा हुन सक्ने भन्दै सम्वन्धित सबैमा सावधानी अपनाउन सचेत गराएको थियो।

सोही अनुसार आजदेखी दुइ दिनसम्म मनसुन सकृय भई मधेस प्रदेश , कोसी, वाग्मती, गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित भारी वर्षा हुन सक्ने जनाएको छ। यी प्रदेशका एक÷दुई स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेको छ।

आज पहाडी र तराई क्षेत्रका धेरै स्थान साथै हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुनेछ। केही दिनअघि मात्रै बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाहुरी क्रमशः बढ्ने क्रममा रहेकाले भारीदेखि धेरै भारीसम्मको वर्षा हुन सक्ने सम्भावना रहेको हो।

भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरोको विशेष जोखिम रहने भएकाले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागले बताएको छ।

‘ यसका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन विभागले अनुरोध गरेको छ।’

यस्तै लुम्बिनी पश्चिमदेखि सुदूरपश्चिम भागमा आज रातिको बिहानी पखको समयमा बढी वर्षाको पूर्वानुमान गरिएको छ। तर मधेसमा भने आगामी दुई दिन ठूलो वर्षाको सम्भावना नरहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस