
बिबियु,नारी वाटिका डट्कम
धादिङ १-८ असार ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । जल तथा मौसम पुर्वानुमान महाशाखाले आज देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । आज बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षा हुने पुर्वनुमान छ ।
अहिले देशका अधिकाँश स्थानमा साधारणतया बादल लागेको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन,चट्यांग, मध्यम वर्षासहितको हिमपातको सम्भावना रहेको छ ।
यस्तै लुम्बिनी प्रदेशको तराई भागका केही स्थानमा, बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशको तराई भागका थोरै स्थानमा मेघगर्जन,चट्यांगसहित मध्यम वर्षा हुने महाशाखाले जनाएको छ । मधेश प्रदेश र कोशी प्रदेश, तराई भुभागका एक-दुई स्थानमा पनि मेघगर्जन,चट्यांगसहित मध्यमसम्मको वर्षा हने सम्भावना छ ।
आज राति हिमाली भू- भागको केही स्थानमा मेघगर्जन,चट्यांगसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भाग, पहाडी केही स्थान, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्यांगसहितको मध्यम वर्षा सम्भावना हुन सक्ने महाशाखाले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस