
बिबियु,नारी वाटिका डट्कम
धादिङ -९ साउन ।
विगत लामो समयदेखी आन्त्रिक किचलोमा रहेको नेपाली कांग्रेस यतिबेला फुटको संघारमा पुगेको अवस्था छ ।
तर यो किचलो जिल्ला तहका नेता कार्यकर्ताहरुको नभई केवल पार्टी नेतृत्वतहका केन्द्रीय तहका केही नेताहरुको व्यक्तिगत स्वार्थमा आन्त्रिक किचलो भएको निष्कर्ष निकालेका नेपाली काँग्रसबाट निर्वाचित भई स्थानीय तह समहाल्दै आएका प्रमुख–उपप्रमुखले पार्टी नफुटाउन इतर पक्षलाई दबाब दिन सुरु गरेका छन्।
शुक्रबार काँग्रेस पुर्व सभापति शेरवहादुर देउवाका पक्षधर काँग्रेसहरुले चुनदेवीस्थित कार्यालयमा राखेको बैठकमा पुगेर पालिकाका प्रमुख उपप्रमुखले पार्टी फुटाउने तर्फ नलाग्न दबाब दिएका हुन् ।
यसरी नेताहरूलाई पार्टी फुटाउन दवाब दिनेहरुमा काठमाडौँको तारकेश्वर नगरपालिका,भक्तपुरको मध्यपुर थिमी नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिकाका मेयर भिमप्रशाद ढुंगानालगायतका टोली चुनदेवीस्थित इतर पक्षले खोलेका नयाँ सम्पर्क कार्यालय पुगेका थिए।
विगतमा पनि अन्य पार्टीमा जस्तै काँग्रेसमा सामान्य किचलो थियो नै । त्यसपछी गत वर्ष गगन थापाको नृतृत्वमा विशेष महाधिवेशन सम्पन्न गरी सभापतिमा थापा निर्वाचित भइ नेपाली काँग्रेसलाई नयाँ दिशातर्फ मोडेपछी देउवा पक्षधर झनै रुष्ट बनेका हुन्।












प्रतिक्रिया दिनुहोस