आज: २०८३ श्रावण ९, शनिबार | Sat, 25, Jul, 2026

हरिशयनी एकादशी आज,घर-घरमा तुलसी रोपेर भगवान विष्णुको पुजा आरधना गरिँदै

२०८३ श्रावण ९, शनिबार मा प्रकाशित ( १ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटिका डट्कम

धादिङ -९ साउन ।
आज हरिशयनीी एकादशी पर्व । सनातनी धर्मालम्वीहरुले घर–घरमा तुलसीको बिरुवा रोपेर भगवान विष्णुको पुजा आरधना गरी यस पर्व मनाईँदै छ । साथै आजैका हरिशयनी एकादशीबाट चतुर्मास व्रतको पनि शुभारम्भ भएको हो ।

सनातन वैदिक धर्म अनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन आज देशभरका हिन्दु धर्मावलम्बीहरुले आफ्नो घरमा तुलसीको बिरुवा मोठमा सारेर भगवान विष्णुको विशेष पूजाआराधना गर्दछन् ।

आजको दिन सारिने तुलसाको बिरुवा एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन तुलसीको दल छरेर बिरुवा तयार पारी सोही बिरुवालाई तुलसीको मोठमा सारिन्छ । हिन्दु धर्मग्रन्थहरुमा तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा मानिने भएकाले शनिबार(आज)देखि कार्तिक शुक्ल एकादशीसम्म चार महिनासम्म नियमित पूजा गर्ने चलन छ ।

अनुसार आषाढ शुक्ल एकादशीदेखि भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिशयनी एकादशी भनिएको हो । विष्णुको शयनकालका यी चार महिनालाई ‘चतुर्मास’ पनि भनिने धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्रा.डा.देवमणि भट्टराई बताउनु हुन्छ ।

वर्षभरमा पर्ने २४ वटा एकादशीमध्ये धेरै ब्रतालुले प्रत्येक एकादशीमा व्रत बस्ने गरे पनि नसक्नेहरूका लागी यस चतुर्मासमा पर्ने आठ एकादशी वा हरिशयनी र हरिबोधिनी एकादशीमा मात्रै व्रत बस्दा पनि पुण्य मिल्ने शाश्रहरुमा बताइएकोछ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाई मकै,जहु,गहुँ,फापर लगायतका रोटी, ढिँडो तथा फलाहार ग्रहण गर्ने गरिन्छ ।

हरिशयनी एकादशीका दिन काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणसहित देशभरका विष्णु तथा नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको भिड लागेको छ । धार्मिक महत्वसँगै तुलसीलाई वैज्ञानिक दृष्टिले पनि विशेषउपयोगी वनस्पतिका रूपमा मानिएको छ ।

घरमा तुलसीको बिरुवा रोप्नाले वातावरण शुद्ध बनाउने,अक्सिजनको मात्रा बढाउने तथा विभिन्न रोगको लागी पनि औषधि हुने बताईन्छ। यसैगरी घरमा तुलसीको मोठ राख्दा स्वच्छ वातावरण हुने र रोग सार्ने कीटाणुहरु पनि नआउने विश्वास छ ।

आजबाट चतुर्मास(चार)महिनासम्म विधिपूर्वक पूजा गरिएको तुलसीको बिरुवालाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा भगवान् विष्णुको अर्को रुप दामोदरसँग वैदिक विधि अनुसार विवाह गराइ दिन धार्मिक परमपरा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस