आज: २०८३ श्रावण १२, मंगलबार | Tue, 28, Jul, 2026

सरकारसँग ७ बुँदे सहमति भएपछि डा. केसीको अनशन तोडियो

२०८३ श्रावण १२, मंगलबार मा प्रकाशित ( २९ मिनेट अघि) ५५९ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
काठमाडौं -१२ साउन ।

२४ औं पटक धनगढीमा जारी आमरण अनशन बसेबा प्राडा. गोविन्द केसीले सरकारसँग ७ बुँदे सहमति भएसंगै आफ्नो अनशन तोडेका छन् । यस अघिदेखी नै चिकित्सा शिक्षा सुधारका लागी राज्यसंग माग राख्दै दशकौं पडक अनशन बसेर यस क्षेत्रमा अध्ययन गर्ने विद्यार्थीको लागी अभिभावत्व ग्रहण गर्दै आउनु भएको छ ।

साथै पछिल्लो पटक पनि विगतमा जस्तै गरी बस्नु भएको पानी पनि नखाई गरिएको अनसनमा सोमबार राति सरकारका वार्ता टोली र प्राडा. केसी पक्षबीचमा भएको ७ बुँदे सहमति पछि डा.केसीको अनशन तोडिएको हो।

आफ्नो व्यक्तिगत स्वार्थको लागी नभएर उहाँले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारलगायत विभिन्न माग राखी २४औं पटक धनगढी गई सत्याग्रहमा बस्नु भएको थियो। अनशन लम्बिँदै जाँदा उहाँको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो।

सरकार र डा.केसीबीच सहमति भई उहाँले औपचारिक रूपमा अनशन तोड्नु भएको हो । अब सरकारले डा.केसीबिचमा सार्वजनिक भएको सहमतिका बुँदाहरू कार्यान्वयनको प्रक्रिया अघि बढ्ने अपेक्षा हामी सबैले गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस