आज: २०८३ श्रावण १३, बुधबार | Wed, 29, Jul, 2026

नारायणी अस्पताल प्रकरणले पर्साका प्रहरी प्रमुख फेरबदल

२०८३ श्रावण १३, बुधबार मा प्रकाशित ( ५ मिनेट अघि) ४९७ पटक पढिएको
नारी बाटिका


नारी वाटिका डट्कम
पर्सा —१३ साउन ।
नारायणी अस्पतालमा डाक्टरलाई भएको आक्रमणको घटनाले त्यसै जिल्लाका प्रहरी प्रमुखलाई नै फेर बदल गरिएको छ ।

उक्त घटनामा जिल्ला सुरक्षा समेन्त्रमाथी प्रश्न उठेपछी पर्सा जिल्लामा रहेका प्रहरी उपरीक्षक सुदिपराज पाठकलाई काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा तानिएको हो । साथै त्यस जिल्ला सुरक्षा प्रमुखमा प्रहरी उपरीक्षक पवनकुमार भट्टराईलाई पठाइएको छ।

भट्टराई हाल जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्तामा कार्यरत थिए। उक्त जिल्लाका प्रहरी प्रमुखलाई बुधबार फेर बदल गरीएको नेपाल प्रहरीका प्रवक्ता डिआइजी अविनारायण काफ्लेले जानकारी दिएका हुन्।

केही दिनअघि वीरगञ्जको नारायणी अस्पतालमा एक ४५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएपछी मृतकका आफन्तले चिकित्सकमाथी गरिएको कुटिएको घटनापछि उत्पन्न असहज पस्थितिले प्रहरीको भूमिकामाथी आलोचनना भइरहेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस