
बिबियु,नारी वाटिका डट्कम
धादिङ- ३ भदौ ।
धादिङको सिद्धलेक गाउँपालिका ७ स्थित वडा कार्यालयमा लगाइएको ताला आज ९ दिनपछि खुलाइएको छ।
स्वीकृत दरबन्दी अनुसार वडामा कार्यरत कर्मचारी शान्ति मगरातीलगायत अन्य तिनजनालाई सेवाबाट हटाइएपछी सो को विरोधमा स्थानीय बासिन्दासहित मिलेर गत साउनको २५ गते अनिश्चितकालीन तालाबन्दी लगाइएको हो ।
पालिका तथा बागमति पदेश सरकारको कर्मचारी व्यवस्थापन ऐन अनुसार स्वीकृत दरबन्दीमा कार्यरत करारमा(अस्थाई) कर्मचारी शान्ति मगराती लगायतलाई पुनर्बहाली गरिएपछि स्थानीयले शोमबार वडा कार्यालयमा लगाएको ताला खोलेका हुन्।












प्रतिक्रिया दिनुहोस