
बिबियु,नारी वाटीका डट्कम
धादिङ २४ भदौ ।
धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
बुधबार गल्छीबाट काठमाडौं तर्फ जाँदै गरेको बा ५७ प ४३२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५।२० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
आज बिहान १०ः१० बजेको समयमा भएको उक्त दुर्घटनाको खबर प्राप्त हुनसाथ अ.प्र.पोष्ट सिम्लेबाट प्र.स.नि. रन्जिताकुमार ठाकुरको कमाण्डमा पं.चौकी गल्छीबाट समेत गरी ४ जनाको टोली खटिई गई घटना स्थलमा पुगेर उद्धार गरिएको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा गल्छी गाउँपालिका–५ सागिनेका मंगले भन्ने हरि तामाङ र दिनेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिनु भयो ।
उनीहरु दुबैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस