आज: २०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

ग्यासको मूल्य पुरानै कायम,प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ

२०८३ आश्विन १, बिहिबार मा प्रकाशित ( १ घण्टा अघि) ८६९ पटक पढिएको
नारी बाटिका


बिबियु,नारी वाटीका डट्कम
धादिङ -१ असोज ।
भदौ १४ देखी अवरुद्ध भएको पुथ्वी राजमार्गको कृष्णभीरमा सडक खुलेसँगै नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकालगायतमा एलपी ग्यासको मूल्यमा पुरानै मुल्य कायम गरिएको जानकारी दिएको छ।

यस्तै संघले कुष्णभीरमा दुर्ब तर्फको सडक आज असोज १ गतेदेखी खुलेसंगै पृथ्वी राजमार्गबाट ग्यास ल्याउन सहज हुने भएपछी प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढी नलिन उद्योगी तथा विक्रेतालाई आग्रह गरेको हो। संघले शुक्रबारदेखि लागू हुने गरी नेपाल आयल निगमले तोकेको मूल्यमा मात्र ग्यास बिक्री गर्न आग्रह गरेको हो।

त्रिशूली नदीमा आएको बाढीले कृष्णभीर क्षेत्रमा पृथ्वी राजमार्ग अवरुद्ध भएपछि उपत्यकामा ग्यास ल्याउन उद्योगीहरूले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। त्यसरी काठमाडौं उपत्यकामा आपुर्ति गर्दै आएको ग्यासमा लामो र घुमाउरो दुरी पर्ने भएकोले यसअघि प्रतिसिलिन्डर १०५ रुपैयाँ ३८ पैसा ढुवानी खर्च थप गरी २ हजार १६५ रुपैयाँ ३८ पैसामा ग्यास बिक्री गर्न संघले निर्देशन गरेको थियो।

धादिङको कृष्णभीरमा भासिएको सडक खुलेपनि केही जोखिम त कायमै छ । यद्यपि यस पटक पुरानो सडकभन्दा त्यसकै माथीको भागबाट पहाडलाई काटेर वैकल्पिक मार्गको रुपमा सडक निर्माण गरी आज बिहिबार बिहान ६ बजेबाट यातायात सञ्चालनमा आएपछि ग्यासका बुलेटहरू नियमित रूपमा काठमाडौं आउन थालेका हुन्।

अवरुद्ध कृष्णभीरको सडक सन्चालनमा आएसँगै ग्यास बिक्रेताहरुलाई वैकल्पिक मार्ग धाउनु पर्ने समस्या हटेपछी अब अतिरिक्त ढुवानी खर्च नलिन संघले जानकारी दिएको छ। यस्तै सबै ग्यास उद्योगीलाई नयाँ मूल्यबारे आफ्ना विक्रेतालाई जानकारी गराउनसमेत संघले आग्रह गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस